Monday, December 14, 2009

नारी अस्मिता

मानिसले मानिसलाई जलाउँला
कस्तो बेदनाको चित्कार नसुनेको ।
त्येही मानिसलाई जलाएर त हेर
खै मर्नेको दुःख बुझेको ।।

नभन्दा हुन्छ तिमीले आफूलाई मानव
मानव भन्नुको औचित्य काहाँ रहन्छ र ।
नारी जातिको मर्म नबुझ्ने अनि ख्यालख्यालमै भन्दै
जब लुट्नलाई नारी अस्मिताको चोलि च्यातिन्छ र ।।

मायाको भाव खोज्दै सुरक्षाको दियो बाल्दा
निबाउछन् दियो अनि नारी लाचारी कहाँ देखिन्छ र ।
भो भयो कुरा नगरौ पुरुष भन्न लाज लाग्छ
संसार बदल्नलाई आफैं बदल्न पो कहाँ सकिन्छ र ।।

अनिल कुमार थापा

No comments:

Post a Comment